बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026
Home Featured News कृत्रिम शेयर मूल्य वृद्धिमा संलग्न भएको आरोपमा शेखर गोल्छा पक्राउ

कृत्रिम शेयर मूल्य वृद्धिमा संलग्न भएको आरोपमा शेखर गोल्छा पक्राउ

by sambridhaonline

बैशाख ११ , पाेखरा – प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा धितोपत्रसम्बन्धी कसुरमा गोल्छालाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सेबोनको जाँचबुझले ब्रोकरसँगको मिलेमतोमा कृत्रिम रूपमा सेयर मूल्य उचाल्न चलखेल गर्ने कार्यमा गोल्छा पनि संलग्न रहेको देखाएको थियो ।

हिमालयन रिइन्स्योरेन्सका पूर्वअध्यक्ष गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न दफामा कसुर गरेको आरोप लागेको छ । काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि गोल्छालाई काठमाण्डौको नक्सालबाट पक्राउ गरेको सिआइबीले जनाएको छ ।

गोल्छालाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौले पुर्जी दिएको र अनुसन्धानका लागि हिजो पक्राउ गरेको ब्युरोले जनाएको छ । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुनुहुन्छ ।

विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारको विषयमा धितोपत्र बोर्डले जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन तयार पारेको थियो । जसमा गोल्छासहितका ६ जनाको मिलेमतो भएको आशंका छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline