बिहिबार, साउन १४, २०८३
Thursday, July 30, 2026
Home Featured News पछिल्लो चार महिनाको झण्डै ५८ करोड दूधको बक्यौता दायित्वमध्ये किसानलाई अहिलेसम्म १२ करोड रकम भुक्तानी

पछिल्लो चार महिनाको झण्डै ५८ करोड दूधको बक्यौता दायित्वमध्ये किसानलाई अहिलेसम्म १२ करोड रकम भुक्तानी

by sambridhaonline

जेष्ठ १२ पाेखरा – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक एक करोड रुपैयाँ किसानलाई भुक्तानी भइरहेको दाबी गर्नुभएको छ ।

पछिल्लो चार महिनाको झण्डै ५८ करोड बक्यौता दायित्वमध्ये अहिलेसम्म १२ करोड रकम भुक्तानी भइसकेको छ । एक महिनाको रकम आउँदो असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी छ । डीडीसीको अहिले दैनिक झण्डै एक करोडको कारोबार भइरहेको छ ।

यो रकम दैनिक रुपमा किसानलाई भुक्तानी भइरहेको हो । बाँकी रहेको रकम ४६ करोड दुई महिनामा भुक्तानी हुनेछ । दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताउनुभयो ।

दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको कृषि मन्त्रालयले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline