बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News रास्वपा सभापति लामिछाने आज काठमाण्डौ फर्किने, परराष्ट्रमन्त्री खनाल दिल्ली जाने

रास्वपा सभापति लामिछाने आज काठमाण्डौ फर्किने, परराष्ट्रमन्त्री खनाल दिल्ली जाने

by sambridhaonline

जेष्ठ २२ , पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भारत भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ । आजै परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भारत भ्रमणमा नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयले मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको छ । भ्रमणका क्रममा भोलि हैदराबाद हाउसमा उहाँका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ ।

भेटमा दुवै पक्षले व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत क्षेत्रहरूमा सहकार्य बढाउने उद्देश्यसहित पारस्परिक हितका विषयहरूमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली जान लाग्नुभएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline