बिहिबार, साउन १४, २०८३
Thursday, July 30, 2026
Home Featured News अण्डाको भाउ फेरि बढ्यो

अण्डाको भाउ फेरि बढ्यो

by sambridhaonline

जेष्ठ २३ , पोखरा – नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको भाउ फेरि बढाएको छ । सङ्घको काठमाण्डौमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो ।

नयाँ मूल्यसूचीअनुसार एक्स एल अण्डाको मूल्य प्रतिक्रेट ३० वटाको ५६०, ठूलो अण्डाको ५४५, मध्यम अण्डाको ५१५ तथा सानो अण्डा प्रतिपेटी अर्थात ७ क्रेटकाे तीन हजार रुपैयाँ कायम गरिएको छ । अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै २५ रुपैयाँ भएको छ । अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो । पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढेको हो ।

गएको वैशाख तेस्रो हप्ता एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४६५ थियो । त्यस्तै ठूलो अण्डाको मूल्य ४९०, मिडियम अण्डाको ४०० तथा सानो अण्डाको प्रतिपेटी २ हजार ३ सय रूपैयाँ थियो ।

किसानले लागतको भाउ पाए पनि पटक पटक भाउ बढ्दा उपभोक्ता मर्कामा परेका छन् । उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline