बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News ९२ करोडको बजेटलाई २ अर्ब भनेपछि गण्डकीका अर्थमन्त्री मन्त्री शेरचनले मागे सदनमै माफी

९२ करोडको बजेटलाई २ अर्ब भनेपछि गण्डकीका अर्थमन्त्री मन्त्री शेरचनले मागे सदनमै माफी

by sambridhaonline

असार ४ पाेखरा – गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले बजेट भाषणका क्रममा तथ्यांकमा भएको गम्भीर त्रुटिलाई लिएर प्रदेश सभामा माफी माग्नुभएकाे छ । पर्यटन तथा उद्योग मन्त्रालयका लागि छुट्याइएको बजेटको अंक फरक परेपछि उनले बिहीबार सदनमा उभिएर आत्मालोचना गर्नुभएकाे छ ।

पर्यटन तथा उद्योग मन्त्रालयका लागि समग्रमा ९२ करोड ४९ लाख रुपैयाँ विनियोजन भएको थियो । तर मन्त्री शेरचनले बजेट भाषण पढ्ने क्रममा उक्त मन्त्रालयका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको बताउनुभएकाे छ । बजेट वक्तव्यको बुँदा नम्बर ५६ मा ९२ करोड ४९ लाख रुपैयाँ हुनुपर्नेमा अंक अन्यथा पर्न गएको उहाँले स्वीकार गर्नुभएकाे छ ।

मन्त्रीले पढेको भाषणको प्रतिमै २ अर्ब रुपैयाँ लेखिएको भए पनि बजेटको अनुसूचीमा भने ९२ करोड ४९ लाख रुपैयाँ मात्र उल्लेख थियो । ‘मन्त्रालयको तर्फबाट भएको कमजोरीलाई आत्मसात् गर्दै क्षमा चाहन्छु,’ उहाँले प्रदेश सभा बैठकमा भन्नुभयाे । उहाँले सभामुखको अनुमति लिएर असार १ गते प्रस्तुत बजेट वक्तव्यमा भएको उक्त त्रुटिबारे सदनलाई स्पष्ट पार्नुभएकाे छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दा भएको यो त्रुटिलाई उहाँले मन्त्रालयको कमजोरीका रुपमा लिनूभएकाे छ । उहाँले प्रदेश सभामा बजेटमाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव समेत राख्नुभएकाे छ । मन्त्री शेरचनले कमजोरी महसुस गर्दै आगामी दिनमा यस्ता प्राविधिक विषयमा सचेत रहने संकेत गर्नुभएकाे छ ।

उहाँले गण्डकी प्रदेश सरकारको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि प्रस्ताव पेश गरेपछि सदनमा बजेटमाथिको छलफल सुरु भएको छ । बजेट वक्तव्य र अनुसूचीबीच अंक नमिलेपछि सांसदहरुले प्रश्न उठाउन सक्ने ठाउँ देखेपछि मन्त्रीले सुरुमै माफी माग्नुभयाे ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline