सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News पोखरामा खोलाको पुलमुनि एक युवक मृत फेला

पोखरामा खोलाको पुलमुनि एक युवक मृत फेला

by sambridhaonline

असार १९ , पोखरा – पोखरा महानगरपालिका २६ र २७ को सिमानामा पर्ने गढुवा खोलाको पुलमुनि एक युवक मृत फेला परेका छन् । मृतक लेखनाथ नगर बस सेवामा कार्यरत सहचालक रेसम रहेको खुलेको छ ।

अन्दाजी २५ वर्षीय रेसम उदयपुरका स्थायी बासिन्दा हुन् । उनी हाल पोखरा २६ रविमहल आसपास बस्दै आएका थिए । उनलाई धेरैले ‘गाईघाटे’ भनेर चिन्ने गर्थे । डाँडाको नाक प्रहरी बिट अगाडि रहेको पुलमुनि उनको शव भेटिएको हो ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि गण्डकी अस्पताल पठाएको छ । यो घटना बिहीबार साँझ भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline