बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News सकियो चार वर्ष यताको ‘ब्याकलग’, केन्द्रले छाप्यो २६ लाख लाइसेन्स

सकियो चार वर्ष यताको ‘ब्याकलग’, केन्द्रले छाप्यो २६ लाख लाइसेन्स

by sambridhaonline

असार ३२ , पोखरा – यातायात व्यवस्था विभागमा ४ वर्षदेखि थुप्रिएको करिब २९ लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ‘ब्याकलग’ छपाइ अन्ततः पूरा भएको छ । सुरक्षण मुद्रण केन्द्रले असार मसान्तभित्रै छपाइ सक्ने सम्झौता अनुरूप २५ लाख ९२ हजारभन्दा बढी लाइसेन्स छापिसकेको छ ।

यद्यपि, एक वर्षभन्दा कम म्याद बाँकी रहेका करिब ३ लाख लाइसेन्स भने तत्काल नछापिने भएका छन् । लाइसेन्स छपाइका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच दुई चरणमा सम्झौता भएको थियो । पहिलो सम्झौता अनुसार २०८३ वैशाख १२ गतेभित्र १२ लाख सवारी लाइसेन्स छापिसक्नुपर्ने थियो, जुन शतप्रतिशत सम्पन्न भइसकेको छ ।

त्यस्तै, दोस्रो सम्झौताअनुसार थप १७ लाख थान लाइसेन्स २०८३ असार मसान्तभित्र छपाइ सम्पन्न गर्नुपर्ने उल्लेख थियो । सोही सम्झौता बमोजिम विभागले कुल २९ लाख लाइसेन्सको डेटा केन्द्रलाई उपलब्ध गराएको थियो । केन्द्रका अनुसार विभागले पठाएको विवरणमध्ये २५ लाख ९२ हजार ४१७ थान लाइसेन्सको छपाइ कार्य सम्पन्न भइसकेको छ । बाँकी रहेका ३ लाख ७ हजार ५८३ थान लाइसेन्सको म्याद (भ्यालिडिटी) एक वर्षभन्दा कम रहेकाले तत्काल नछाप्ने निर्णय गरिएको हो ।

यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाका अनुसार एक वर्षभन्दा कम म्याद भएका ती लाइसेन्स सेवाग्राहीले नवीकरण गरेपछि मात्रै छापिनेछन् । यता, सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले पनि ब्याकलगको छपाइ सम्पन्न भइसकेको र हाल अन्तिम चरणको ‘कटिङ’ को काम भइरहेको बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline