सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News सार्वजनिक स्थलमा कार्यक्रम सञ्चालन गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

सार्वजनिक स्थलमा कार्यक्रम सञ्चालन गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

by sambridhaonline

साउन १४ , पोखरा – जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक स्थलमा कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व स्थानीय प्रशासनको अनिवार्य स्वीकृत लिन सबैमा आग्रह गरेको छ।

कार्यालयले बुधबार जारी गरेको सार्वजनिक सूचनामा पूर्वस्वीकृति नलिई सभा, जुलुस, प्रदर्शन तथा अन्य गतिविधि सञ्चालन गरेमा कानुनबमोजिम कारबाही हुने उल्लेख छ। सूचनामा विभिन्न व्यक्ति, संस्था वा समूहले आफ्नो विचार, प्रदर्शन तथा कार्यक्रमको प्रचार–प्रसारका लागि सार्वजनिक स्थल प्रयोग गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने उल्लेख गरिएको छ।

‘शान्तिपूर्ण रूपमा भेला हुन पाउने नागरिकको संविधान प्रदत्त अधिकारको सुनिश्चिततता गर्दै जिल्लामा सार्वजनिक प्रदर्शन, सभा, जुलुस वा यस्तै प्रकृतिका राजनीतिक तथा धार्मिक गतिविधि सञ्चालन गर्नुअघि’ स्थानीय प्रशासनको स्वीकृति लिएर आयोजना गर्न प्रशासनले अनुरोध गरेको हो।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline