शनिबार, साउन १६, २०८३
Saturday, August 1, 2026
Home Featured News गण्डकीमा सरकार जोगाउन मुख्यमन्त्री पाण्डेलाई पूर्ण अख्तियारी

गण्डकीमा सरकार जोगाउन मुख्यमन्त्री पाण्डेलाई पूर्ण अख्तियारी

by sambridhaonline

साउन १६ पाेखरा – नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले प्रदेशमा सरकार सञ्चालनका लागि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पूर्ण अख्तियारी दिएको छ । पोखरामा शुक्रबार बसेको दलको बैठकले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच समन्वय, सहकार्य र सहमति कायम गर्ने सम्पूर्ण अधिकार पाण्डेलाई सुम्पने निर्णय गरेको हो । प्रदेश सरकार सञ्चालनमा पछिल्लो समय देखिएको परिस्थितिको मूल्यांकन गर्दै कांग्रेसले नेतृत्व जोगाउन र राजनीतिक समझदारी बनाउन यस्तो कदम चालेको हो ।

मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले सरकार सञ्चालनका लागि आवश्यक सबै पहल गर्ने जिम्मा उहाँलाई दिएको छ । प्रमुख सचेतक प्रकाश बरालले दलहरूबीच सहकार्य र सहमतिको वातावरण बनाउने अधिकार पाण्डेलाई दिइएको बताउनुभयाे । बैठकले प्रदेश प्रमुखले फिर्ता पठाएको गाँजा खेती नियमन र उपयोग सम्बन्धी विधेयक पुनः पारित गर्ने निर्णय समेत गरेको छ । औषधिजन्य र औद्योगिक प्रयोजनका लागि ल्याइएको यो विधेयक संघीय कानुनसँग बाझिएको भन्दै प्रदेश प्रमुखले फिर्ता गर्नुभएकाे थियाे ।

‘संघीय कानुनसँग बाझिएको भनिएको विषयको अन्तिम निरूपण संवैधानिक इजलासले गर्नेछ,’ निर्णयमा भनिएको छ, ‘हाललाई यो विधेयक पुनः पारित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइनेछ ।’ कांग्रेसले यो विधेयक अगाडि बढाउन आवश्यक भूमिका निर्वाह गर्ने तय गरेको छ । बैठकले सुनसरी र मधेश प्रदेशका जिल्लाहरूमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले घाइतेहरूको निःशुल्क उपचार गर्न नेपाल सरकारसँग माग गरेको छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline