बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News पोखरा ल्याइएका ७६ शव व्यवस्थापन, २१ शव आफन्तलाई जिम्मा, ५ अस्पतालमै

पोखरा ल्याइएका ७६ शव व्यवस्थापन, २१ शव आफन्तलाई जिम्मा, ५ अस्पतालमै

by sambridhaonline

भदौ १७ , पोखरा – बाढीपहिरोका कारण ज्यान गुमाएर पोखरा ल्याइएका १०२ जनामध्ये पहिचान हुन नसकेका ७६ शव जमिन मुनि गाडेर व्यवस्थापन गरिएको छ । पोखरा ल्याइएका शव सोमबार पोस्टमार्टम सकेपछि पहिचान हुन नसकेका शव मंगलबार पोखरा १६ दीपस्थित सेती नदी किनारको जंगलमा व्यवस्थापन गरिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र मणिपाल शिक्षण अस्पतालमा राखिएका शवहरु सो क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता चित्रांगत बरालले जानकारी दिनुभयो । व्यवस्थापन गरिएका सबै शवको डिएनएका लागि नमुना राखिएको छ । परीक्षणबाट पुष्टि भएमा गाडिएको ठाउँबाट निकालेर परम्परा अनुसार अन्तिम संस्कार गर्न आफन्तले पाउनेछन् ।

गएको १० भदौमा रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा आएको बाढीमा परी ज्यान गुमाएका व्याक्तिहरुको शव पोखरा ल्याइएको थियो । गण्डकी प्रदेश र धादिङस्थित नदी किनारमा भेटिएका शव व्यवस्थापनमा सम्बन्धित जिल्लाहरुमा समस्या भएपछि पोखरा ११ गतेदेखि नै पोखरा ल्याउन सुरु गरिएको थियो । अस्पतालको तथ्यांक अनुसार गैंडाकोटबाट ४१ जनाको शव पोखरा ल्याइएको थियो । यस्तै धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ जनाको शव प्राप्त भएको छ । पोखरा ल्याइएको शव पोखरा स्वास्थ्य प्रतिष्ठानको शवगृहमा राखिएको थियो । प्रतिष्ठानले ११ भदौदेखि नै शवहरुको परीक्षण, पहिचान र पोस्टमार्टम गरी परिवारलाई बुझाउने कार्य सुरु गरेको थियो । प्राप्त शवहरुमध्ये सोमबार सबैको पोस्टमार्टम गरिएको प्रवक्ता बरालले जानकारी दिनुभयो ।

अस्पतालले शव पहिचानमा सहज होस् भनेर गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको परिसरमा हेल्प डेस्क समेत स्थापना गरेको थियो । त्यहाँ परिवारका सदस्यले मृतकको तस्बिर हेरेर पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको थियो । पहिचान भएका शवहरुलाई कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको थियो । सोमबारबाट नै पहिचान गर्न आउने आफन्तको संख्या पातलिँदै गएको र शव गलिसकेकाले व्यवस्थापनको प्रक्रिया अघि बढाइएको प्रवक्ता बरालले बताउनुभयो । सोमबारसम्म १६ जनाको शव पहिचान भएर परिवारलाई बुझाइएको थियो । मंगलबार मात्र ५ शव पहिचान भएपछि ७६ शव उक्त स्थानमा व्यवस्थापन गरिएको कास्कीका प्र्रहरी प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिनुभयो । बिहानसम्म ७८ शव व्यवस्थापन गर्ने कुरा भएको थियो । त्यही क्रममा २ शव आफन्तले पहिचान गरी लगेपछि ७६ जनको व्यवस्थापन गरिएको छ

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline