बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News कृष्णभिरमा पहिरो पन्छाउने काम अगाडि बढ्यो , रुख कटान सुरु १८ जनशक्ति परिचालन

कृष्णभिरमा पहिरो पन्छाउने काम अगाडि बढ्यो , रुख कटान सुरु १८ जनशक्ति परिचालन

by sambridhaonline

भदौ १८ , पोखरा – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम अगाडि बढेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान गर्न थालिएको छ । पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ ।

रुख कटानको काम सम्पन्न हुनासाथ उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने मन्त्रालयले जनाएको छ । सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको दाबी छ। कृष्णभिरको सडक भासिदा यतिबेला राजधानी काठमाडौंका आपूर्ति श्रृङ्खला खलबलिएको छ । उपत्यका आवतजावत गर्नुपर्ने यात्रुले सास्ती बेहोरिरहेका छन् । यसको फाइदा उठाउँदै बजारमा कृत्रिम अभाव समेत बढ्न थालेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline