बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News भोटेकोशी बाढीको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार

भोटेकोशी बाढीको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार

by sambridhaonline

भदौ २० , पोखरा – भोटेकोशी नदीमा बाढी आएको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार गरिएको छ । उद्धारकर्मीहरूले एक जनाको घरबाट र एक जनाको जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका – १० बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको ४ तले घरको चौथो तलाबाट उहाँकी श्रीमती चन्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ । इन्सपेक्टर सुमन विकको कमान्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो । यस्तै २१६ मेगावाटको माथिल्लो त्रिशूली – १ जलविद्युत् आयोजनाको अडिट ४ सुरुङबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार भएको छ ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि हिजो अर्थात् बाढी आएको १०औँ दिनमा माथिल्लो त्रिशूली -३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline