बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि आंशिक बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि आंशिक बन्द

by sambridhaonline

भदौ २२ , पोखरा – नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि आंशिक बन्द हुन थालेको छ । मुग्लिनबजार नजिकैको तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाडी आवागमन आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

प्रशासनका अनुसार कृष्णभीरमा सडक मर्मत काम भैरहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान गर्न लागिएको हो । कार्यालयका अनुसार नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि साढे ८ बजे, साढे १० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि साढे १ बजे, साढे ३ बजेदेखि ४ बजे र बेलुका ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ ।

यसबाहेकको समय गाडी रोकेर काम हुने सूचनामा उल्लेख छ । तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्छ । सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागिएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline