बुधबार, अशोज ७, २०८३
Wednesday, September 23, 2026
Home Featured News बाँकेमा हवाई फायर गरी लागुऔषध कारोबारीमा संलग्न एक जना भारतीय नागरिक पक्राउ

बाँकेमा हवाई फायर गरी लागुऔषध कारोबारीमा संलग्न एक जना भारतीय नागरिक पक्राउ

by sambridhaonline

असोज ७ , पोखरा – लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१४ मा हवाई फायर गरी लागुऔषध कारोबारीमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश बहराइज जिल्ला रुपैडिया थाना चकिया रोड घर भएका २४ वर्षीय नदिम राई रहेको प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिनुभयो ।

राई मंगलबार राति पौने ११ बजेको समयमा यूपी४०जे०६५७ नम्बरको भारतीय नम्बर प्लेटमा भारतबाट नेपालतर्फ आउँदै थिए । शंका लागि रोक्न खोज्दा उनी मोटरसाइकल हुँइकाएर फरार भएका थिए । सो क्रममा दुई राउण्ड हवाई फायर गरिए पनि उनले मोटरसाइकल नरोकेपछि टायरमा थप दुई राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको निरौलाको भनाइ छ । उनको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेराइन बरामद भएको उनले बताए ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline