बिहिबार, अशोज ८, २०८३
Thursday, September 24, 2026
Home Featured News डोल्पामा सीता एयर दुर्घटना : सबै यात्रु सकुशल

डोल्पामा सीता एयर दुर्घटना : सबै यात्रु सकुशल

by sambridhaonline

असोज ८ , पोखरा – नेपालगन्जबाट डोल्पाका जुफाल एयरपोर्ट उडेको सिता एयर दुर्घटना भएको छ । १३ जना यात्रु बोकेर गएको सानो विमानको पछाडिको दायाँतर्फको टायर फुस्केपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डीएसपी अनिल गिरीका अनुसार सबै यात्रु सकुशल छन् भने धावनमार्गमा मर्मत भइरहेको छ ।

नाइ–एन–एजेएच कलसाइन रहेको जहाज आज बिहान ८ बजेर २५ मिनेटको समयमा दुर्घटना भएको हो । विमानमा सात जना विदेशी नागरिकसमेत थिए । जहाज धावनमार्गमै रोकिएपछि अन्य जहाज अवतरण गर्न सकेका छैनन् । जुफालकाे उडान अवरुद्ध छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline