मङ्लबार, अशोज १३, २०८३
Tuesday, September 29, 2026
Home Featured News थुनिएको मर्स्याङ्दी ब्लास्ट गरेर खोल्ने प्रयास अझै असफल , दुई उपकरण मार्फत नदी खोतलिँदै

थुनिएको मर्स्याङ्दी ब्लास्ट गरेर खोल्ने प्रयास अझै असफल , दुई उपकरण मार्फत नदी खोतलिँदै

by sambridhaonline

असोज १३ , पोखरा – मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने प्रयास अझै सफल हुन सकेको छैन । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पोखराबाट ब्लास्ट गर्ने सेनाको प्राविधिक टोली हिजै चामे पुगे पनि काम अघि बढ्न सकेको छैन । ब्लास्ट गरेर थुनिएको नदी खोल्ने तयारी गरिए पनि त्यो तत्कालका लागि सम्भव नभएपछि दुई वटा उपकरण प्रयोग गरी अहिले नदी खोतल्ने काम भइरहेको उहाले बताउनुभयो ।

अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर चामे क्षेत्रमा मर्स्याङ्दी नदी थुनिएको हो । नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको छ । पौडेलका अनुसार अझै पनि ४ सय मिटर लम्बाइ र ८० मिटर चौडाइसम्म पानीको ताल बनेको छ । नदी थुनिएर बनेको ताल करिब २० फिट गहिरोसम्म हुन सक्ने उहाले बताउनुभयो । चार दिनको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक सञ्जाल अवरुद्ध छन् ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline