बिहिबार, कार्तिक ६, २०८३
Thursday, October 22, 2026
Home Featured News फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्गजामा एक महिलाको मृत्यु

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्गजामा एक महिलाको मृत्यु

by sambridhaonline

असोज १५ , पोखरा – स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरकी ३४ वर्षीया शान्ती सिग्देललाई बुधबार बिहान करिब ८ बजे फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । करेन्ट लागेर घाइते भएकी सिग्देललाई उपचारका लागि आँधीखोला गाउँपालिका–१ स्थित पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । त्यहाँ उपचारपछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएकोमा चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline