शनिबार, कार्तिक ८, २०८३
Saturday, October 24, 2026
Home Featured News दसैंमा नेपालभर रुट परमिट खुला , असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ

दसैंमा नेपालभर रुट परमिट खुला , असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ

by sambridhaonline

असोज २१ , पोखरा – बडादसैंका बेला यात्रुहरूको सहज र सुरक्षित आवागमनका लागि घटस्थापनादेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनको रुट परमिट खुला गरिने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायीसहित सरोकारवाला निकायको बैठकले दसैं अवधिभर देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो।

बैठकले यही असोज २३ गतेदेखि दसैंका लागि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिनुभयो। अध्यक्ष सिटौलाका अनुसार सडकको अवस्थालाई मध्यनजर गर्दै राजमार्गहरूमा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिएर सञ्चालन गरिनेछ। त्यसपछि मात्रै अन्य सवारीसाधनलाई प्राथमिकता दिने व्यवस्था मिलाइनेछ।

दसैंको समयमा यात्रुले टिकट नपाएर सास्ती खेप्न नपरोस् र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकून् भन्ने उद्देश्यले व्यवस्थापकीय तयारी थालिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिनुभयो। दसैंमा काठमाडौं उपत्यकालगायत मुख्य सहरहरूबाट ठूलो संख्यामा नागरिक घर फर्किने भएकाले यातायात सञ्चालन, भाडा नियन्त्रण तथा यात्रु सुरक्षामा विशेष निगरानी गरिने विभागले जनाएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline