शुक्रबार, कार्तिक ७, २०८३
Friday, October 23, 2026
Home Featured News विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

by sambridhaonline

असोज २७,पोखरा – ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे अलअमिरातमा शुरु हुनेछ । ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानडालाई २४ रनले हराउँदै नेपालले सुखद शुरुआत गरेको थियो ।

क्यानडासँगको खेलमा रोहित पौडेलले १०१ रनको शतकीय पारी खेलेका थिए । शीर्ष–४ बाट बाहिरिइसकेको नेपालका लागि एकदिवसीय मान्यता जोगाउन शीर्ष–६ भित्र पर्नु पर्नेछ । अहिले अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा छ भने ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ । त्यस्तै क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ र यूएई ३२ खेलमा १९ अंकसहित आठौँ अर्थात् पुछारमा छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline