शनिबार, कार्तिक ८, २०८३
Saturday, October 24, 2026
Home Featured News हिमपहिरोले गेग्य्रान सोहोरेर खोला थुन्दा बुढीगण्डकीमा बाढी आएको प्राविधिक अध्ययनको पुष्टी

हिमपहिरोले गेग्य्रान सोहोरेर खोला थुन्दा बुढीगण्डकीमा बाढी आएको प्राविधिक अध्ययनको पुष्टी

by sambridhaonline

असोज २८,पोखरा – गएको आइतबार बुढीगण्डकी नदीमा बाढी आएको विषयमा प्राविधिक अध्ययनले ग्लेसियरमा खसेको हिमपहिरोले गेग्य्रान सोहोरेर खोला थुनेपछि आकस्मिक बाढी आएको पुष्टि गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थलगत अध्ययन र सेटेलाइट तस्बिर अध्ययन गरेर बाढी आउनुमा एउटै मात्र नभई बहुकारण रहेको जनाएको छ ।

शुरुमा हिमपहिरो ग्लेसियर (हिउँ, बरफ र गेग्य्रान)मा खसेको र उङदिलुङसँगै स्यारखोलाको दोभान थुनेको थियो । त्यसपछि खोला थुनिने र खुल्ने प्रक्रिया भएको देखिन्छ ।गोरखाको चुमनुब्री गाउँपालिका–६ उङदिलुङ खोला (चामर हिमाल र स्येराङ्दी हिमाल)बिचको ठाडो खोलाको उच्च हिमाली क्षेत्रमा आइतबार बिहान ४ बजेर २० मिनेटमा पहिरो खसेको थियो ।

कमजोर चट्टानबाट झण्डै ६ हजार मिटरको उचाइमा हिमपहिरो तथा झण्डै पाँच हजार पाँच सय मिटरको उचाइमा रहेका ग्लेसियर (हिउँ तथा गेग्य्रान)सहितको ठुलो पहिरो सिर्जना भएको प्रतिवेदनमा भनिएको छ । ठुलो पहिरो अघि तथा त्यसपछि समेत केही साना–साना पहिरो गएको देखिन्छ । बाढीले आइतबार बिहान साढे ६ बजे सल्लेरीमा रहेको हाइड्रोपावर क्याम्प बगाएको थियो । ठुलो बाढीका कारण तल्लो क्षेत्रमा विशेषगरी जगतमा केही भवन तथा सोती खोला र बुढीगण्डकीमा रहेका पक्की पुललगायतका संरचनामा मुख्य क्षति पुगेको देखिन्छ । अन्य बाढीको तुलनामा यस घटनामा बालुवा र साना–ठूला ढुङ्गाको भन्दा माटोको मात्रा बढी रहेको प्रतिवेदनले देखाएको छ । माटोको मात्रा बढी भएकाले बाढीमा बाक्लो लेदो बिस्तारै बग्ने प्रकृतिको प्रवाह अर्थात् ‘भिस्कस मड फ्लो’को विशेषता देखिएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline