शुक्रबार, कार्तिक ७, २०८३
Friday, October 23, 2026
Home Featured News गुल्मीमा देवरको कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु

गुल्मीमा देवरको कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु

by sambridhaonline

असोज २९, पोखरा – गुल्मीको मालिका गाउँपालिका-२ खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको तीन दिनपछि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमकीरण बोगटीका अनुसार मालिका गाउँपालिका–२ खोलाखर्ककी ४१/४२ वर्षीया लिला खत्रीको मृत्यु भएको हो । घटनामा संलग्न रहेको आरोपमा ४६ वर्षीय देवर बलबहादुर खत्रीविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार असोज २५ गते साँझ करिब ७ बजे मादक पदार्थ सेवन गरी आएका बलबहादुरले आफ्नै भाउजू लिलामाथि कुटपिट गरेका थिए । कुटपिटबाट लिलाको टाउकोमा चोट लागेको थियो ।

घटनाबारे सोही दिन साँझ ७ः३० बजे प्रहरी चौकी पौदीअमराईमा जानकारी पुगेपछि प्रहरी सहायक निरीक्षक उदयभान यादवको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले गम्भीर घाइते लिलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो । घटनापछि प्रहरीले कुटपिटमा संलग्न बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा कुटपिटमा बलबहादुर संलग्न रहेको खुलेपछि उनका बुबा भक्तबहादुरलाई छाडिएको थियो । बलबहादुरलाई भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मी पठाइएको थियो ।

गम्भीर घाइते लिला उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा रहेकी थिइन् । असोज २८ गते बिहान करिब ११ बजे उनका छोरा हिराबहादुर खत्रीले उनलाई अस्पतालबाट घर लैजाँदै थिए । घर लैजाने क्रममा बाटोमा लिलाको अवस्थाबारे शंका लागेपछि दिउँसो करिब उनलाई गुल्मी अस्पताल तम्घासमा जाँचका लागि लगिएको थियो । अस्पतालका चिकित्सकले सोही दिन दिउँसो उनलाई मृत घोषणा गरेका थिए । त्यसपछि घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको कमान्डमा टोली खटिएको थियो । सोही दिन साँझ शव परीक्षणपछि मृतकका छोरा हिराबहादुरले शव बुझेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकीरण बोगटीका अनुसार बलबहादुर खत्रीविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline