शुक्रबार, कार्तिक ७, २०८३
Friday, October 23, 2026
Home Featured News पोखराको विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइयो

पोखराको विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइयो

by sambridhaonline

असोज ३१, पोखरा – नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत फूलपातीका अवसरमा आज (शनिबार) पोखरामा पनि परम्परागत विधिअनुसार फूलपाती भित्र्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा शनिबार आश्विन शुक्ल सप्तमीका दिन बाजागाजा, ब्यान्डबाजा र बृहत् ¥यालीसहित पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइएको हो ।

पोखराको सिद्धार्थचोकबाट सुरु भएको ¥याली भीमसेन मन्दिर, नालाको मुख र मोहरियाटोल हुँदै विन्ध्यवासिनी मन्दिर पुगेको थियो । ¥यालीमा सुरक्षा निकायका टोलीले ब्यान्डबाजासहित सांगीतिक धुन प्रस्तुत गरेका थिए । विन्ध्यवासिनी मन्दिर पुगेपछि विधिपूर्वक पूजाआजा गरी वलि दियर फूलपाती भित्र्याइएको थियो । सो अवसरमा सुरक्षा निकायका तर्फबाट मन्दिरलाई सलामीसमेत अर्पण गरिएको थियो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीका अनुसार अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै शक्तिपीठका रूपमा प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याइएको हो । बाजागाजा र ब्यान्डबाजासहित निकालिएको ¥यालीले पोखराको धार्मिक तथा सांस्कृतिक वातावरणलाई थप उल्लासमय बनाएको थियो । नेपाली परम्परा अनुसार आश्विन शुक्ल सप्तमीका दिन फूलपाती भित्र्याएर नवदुर्गाको पूजा गरिन्छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline