शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News आजबाट नेपाल संवत् ११४७ शुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

आजबाट नेपाल संवत् ११४७ शुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

by sambridhaonline

कार्तिक २४, पोखरा – नेपाल संवत् ११४७ आजदेखि शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । देशभर विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ अर्थात् (इसं ८८०) मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवत् शुरु गराएको इतिहास छ । नेपाल संवत् नेपालकै मौलिक संवत् हो ।

नेपाल संवत्को नयाँ वर्ष काठमाण्डौ उपत्यकासहित काभ्रेको बनेपा र धुलिखेल, सिन्धुपाल्चोकको बाह्रबिसे, दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा विशेष रूपमा मनाउने गरिन्छ । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो । २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । नेपाल संवत्को नयाँ वर्षका अवसरमा आज नेवार समुदायले म्हः (आत्म) पूजा पनि गर्दैछन् । मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आफ्नो आत्माको पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline