बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News यसरी सम्झियो पर्वत कांग्रेसले महामानव बिपिलाई (तस्बिरहरु)

यसरी सम्झियो पर्वत कांग्रेसले महामानव बिपिलाई (तस्बिरहरु)

by sambridhaonline

पर्वत, ६ साउन
आज साउन ६ गते । राष्ट्रिय मेलमिलाप दिवस । अर्थात् महामानव विश्वेश्वर प्रसाद कोइरालाको ४० औं स्मृती दिवस । जननायक, महामानव लगायतका उपनामले परिचित नेपाली कांग्रेसका संस्थापक एवं जनताबाट निर्वाचित पहिलो प्रधानमन्त्रीका रुपमा आम नेपाली राजनीतिक बृत्तले कोइरालालाई स्मरण गरिरहन्छ ।

उनै कोइरालाको चालीसौं स्मृति दिवसको अवसर पारेर पर्वत कांग्रेसले कुश्मा नगरपालिका–५ मोदीबेणीमा एक कार्यक्रम आयोजना ग¥यो । मोदीबेणीस्थीत जेष्ठ नागरिक आश्रममा आश्रय लिइरहेका १५ जना जेष्ठ नागरिकलाई फलफुल बितरण गरेर कोइरालाको स्मरण गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशी, उपसभापति शिव सुबेदी, कोषाध्यक्ष हेम शर्मा, सहसचिव एवं प्रवक्ता अच्युत तिवारी लगायत नेताहरु सहभागि थिए ।

जेष्ठ नागरिक आश्रमका अध्यक्ष दीर्घनारायण श्रेष्ठ, उपाध्यक्ष खुमराज पराजुलीको रोहवरमा सबै जेष्ठ नागरिकहरुलाई फलफुल बितरण गर्दै सभापति जोशीले यो सामान्य भेटघाट मात्रै भएको भन्दै आश्रमका लागि जस्तोसुकै सहयोग गर्न पार्टी तयार रहेको बताए । उनले आफुले व्यक्तिगत तर्फबाट १५ बोरा चामल सहयोग गर्ने प्रतिवद्दता समेत जनाए ।

कार्यक्रममा बोल्दै जोशीले ‘हरेक किसानको घरमा एउटा दुहुनो गाइ होस्, पर्याप्त खानपुग्ने जमिन होस् अनि बिरामी पर्दा उपचार गर्ने पैसा साथमा होस् । अनि मात्रै देसको विकास हुन्छ,’ भन्ने नाराका साथ राजनीतिमा होमिएका कोइरालाको सपना अझै पुरा हुन नसकेको बताए ।

नेपालमा अस्थीर राजनीतिका कारण अझै जनता मालिक हुन नसकेको बताउँदै जोशीले राजनीतिक स्थीरताका लागि नेपाली कांग्रेसलाई बहुमत दिएर जनताले सरकार सञ्चालनको अवसर दिनुपर्ने बताए । आश्रमका अध्यक्ष र अन्य पदाधिकारीहरुले महामानव बिपि कोइरालाको स्मृती दिवसका अवसरमा आश्रमलाई सम्झेकोमा धन्यबाद ज्ञापन गरे । पर्वत सभापति जोशीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव एवं प्रवक्ता तिवारीले गरेका थिए ।

 

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline