बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पाठशालामा ‘टुभेल्थ नाइट’को मञ्चन

पाठशालामा ‘टुभेल्थ नाइट’को मञ्चन

by sambridhaonline

काठमाडौं : प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक ‘टुभेल्थ नाइट’ काठमाडौंमा मञ्चन गरिएको छ।

करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतीमा थापा गाउँस्थित पाठशाला स्कुलको थियटरमा प्रस्तुत गरिएको हो। नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले गरेका हुन्। अंग्रेजी र नेपाली दुवै भाषामा संवादको समिश्रण रहेको नाटकमा छ। नाटकको केही अंशको नेपालीकरण पनि नाट्यनिर्देशक भट्टराईले नै गरेकी हुन्।

असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्य नरसिंह थापालगायतका २२ जना कलाकारले नाटकमा अभिनय गरेका छन्। ती कलाकारहरू पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन्। काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसंगलाई नाटकमा देखाइएको छ।

सेक्सपियरले १६ औ शताब्दीमा यो नाटक लेखेका हुन्। प्रेम एकातिर र विवाह अर्कोतिर भएर समापन हुने यस नाटकमा भ्रम र यथार्थको समिश्रणले एकापसको आकर्षणको साङ्लो चुडिँएको देखाइएको छ। यो नाटक गत माघ १३ र १४ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित पाठशाला साँझमा पनि देखाइएको थियो।

निर्देशकको मिहिनेत र कलाकारको प्रस्तुतीलाई दर्शकले रुची राखेकोले शनिबार पनि एक शो देखाइएको आयोजकले जनाएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline