बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024
Home Featured News शैलेन्द्रको कथा संग्रह ‘ब्रह्मास्त्र’ सार्वजनिक

शैलेन्द्रको कथा संग्रह ‘ब्रह्मास्त्र’ सार्वजनिक

by sambridhaonline

काठमाडौं : साहित्यकार शैलेन्द्र अधिकारीको कथा संग्रह ‘ब्रह्मास्त्र’ सार्वजनिक भएको छ।

शनिबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा उनको पुस्तक सार्वजनिक भएको हो। पुस्तकलाई लेखक कुमार नगरकोटी, सुविन भट्टराई, अमर न्यौपानेलगायतले पुस्तक सार्वजनिक गरेका हुन्। ब्रह्मास्त्र पुस्तकबाट कथा मथिगंलको शिल्पी थियटरका कलाकारले नाटक पनि प्रस्तुत गरेका थिए। पुस्तक सार्वजनिकपश्चात् पुस्तकको अन्तर्क्रिया पनि भएको थियो। जसमा लेखक अधिकारीसँग पत्रकार दीपक सापकोटाले पुस्तकबारे छलफल गरेका थिए।

अन्तर्क्रियामा बोल्दै लेखक अधिकारीले फरक फरक विषयमा कथाहरू लेखेको बताए। नेपाली कथा लेखनमा गुरुप्रसाद मैनालीको ट्रेण्डभन्दा फरक तरिकाले कथाहरू लेखेको उनको दाबी थियो। ‘म कथा लेखनको माध्यममात्र हुँ, कथानकहरू सबै पात्र र परिवेशले अगाडि बढाएका छन्’, अन्तर्क्रियामा उनले भने, ‘मैले केही काल्पनिक, मनोवैज्ञानिक कथाहरू पाठकमाझ प्रस्तुत गर्ने जमर्को गरेको छु।’

यसअघी साहित्यकार अधिकारीको निर्वेद उपन्यास बजारमा आइसकेको छ भने गजल र समालोचनाका पुस्तक पनि सार्वजनिक भइसकेका छन्। पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो भने मुल्य ४ सय ५० रहेको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline