सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News गण्डकी सरकारमा मिसियो एमाले , एमालेका ४ जना मन्त्रीले लिए शपथ

गण्डकी सरकारमा मिसियो एमाले , एमालेका ४ जना मन्त्रीले लिए शपथ

फणिन्द्र देवकोटा र राजीव गुरुङ पनि मन्त्रीमा निरन्तरता

by sambridhaonline

पोखरा ,भदौ १७ – गण्डकी प्रदेश सरकारमा नेकपा एमालेका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवलपुरकी पद्मा जिसीले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री, बाग्लुङका कृष्ण पाठकले स्वास्थ्यमन्त्री, कास्कीका प्रकाश केसीले भौतिक पूर्वाधार तथा विकास र  पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटनमन्त्रीको रूपमा शपथ लिनुभएको हो । उहाँहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराउनुभएको छ ।

सङ्घीय सरकारमा एमाले र कांग्रेसको सरकार बनेको लामो समय भइसके पनि गण्डकीमा दुई वटा दलबीच कुरा नमिल्दा सरकारमा एमाले सहभागी भएको थिएन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय फुटाएर भए पनि नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र राजीव गुरुङलाई पनि मन्त्रीमा निरन्तरता दिनुभएको छ ।

अन्तिम अपडेट- भदौ १७ ,२०८१

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline