बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News सहकारी ठगी आरोपमा पक्राउ नेपाल प्रहरीका पूर्व (डीआईजी) छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीको अनुमति

सहकारी ठगी आरोपमा पक्राउ नेपाल प्रहरीका पूर्व (डीआईजी) छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीको अनुमति

by sambridhaonline

असोज ०७,पोखरा – सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त शर्माको इजलासले आज जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सहकारी बचत रकम अपचलन प्रकरणमा हिजो काठमाण्डौबाट पक्राउ परेका जोशीलाई लगत्तै कास्की लगिएको थियो । जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शङ्खमूलबाट पक्राउ गरेको थियो ।

सहकारीको रकम दुरुपयोगसम्बन्धी गठित विशेष संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएसँगै जोशी पक्राउ परेका हुन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline