बिहिबार, साउन १४, २०८३
Thursday, July 30, 2026
Home Featured News पहिरोले गण्डकीमा चार जिल्लाका सात सडक रोकिए

पहिरोले गण्डकीमा चार जिल्लाका सात सडक रोकिए

by sambridhaonline

असोज-१२,पोखरा – लगातार भइरहेको वर्षासँगै आएको बाढी र पहिरोले गण्डकी प्रदेशका मुख्य सात वटा सडकखण्डहरु अवरुद्ध भएका छन्।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय कास्कीका अनुसार शनिवार बिहानसम्म प्राप्त सूचनाहरू अनुसार गण्डकी प्रदेशका चार जिल्लाका सात सडकहरू अवरुद्ध भएका हुन्। नवलपरासी बर्दघाट सुस्ता पूर्वमा गैँडाकोट नगरपालिका–२ चिहान डाँडामा रूख ढल्दा कालीगण्डकी कोरिडोर अवरुद्ध रहेको छ।

सोही जिल्लाको बौद्धिकाली गाउँपालिका–३ जन्ती पहिरोमा पहिरो आउँदा कालीगण्डकी कोरिडोर नै बन्द भएको छ। म्याग्दीको मालिका गाउँपालिका–६ बाङगेभिर स्थित बेनी–दरबाङ सडक खण्ड पहिरो खसेर सडक अवरुद्ध छ। म्याग्दीकै रघुगंगा गाउँपालिका–२ बैसरीमा खसेको पहिरोले बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ। यस्तै तनहुँ ब्यास नगरपालिका–१२ घाँसीकुवाको छिर्कनमा पहिरो खस्दा पृथ्वी राजमार्ग नै अवरुद्ध बनेको छ।

तनहुँकै बन्दिपुर गाउँपालिका–१ चिसापानीमा पनि पहिरो खस्दा पृथ्वी राजमार्गमा नै अवरोध आएको छ। सोही जिल्लाको भानु नगरपालिका–१ रमाईलोडाँडा स्थित डुम्रे–बेसीसहर सडक खण्ड पहिरो खस्दा उक्त सडक पनि अवरुद्ध रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय कास्कीले बताएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline