बिहिबार, साउन १४, २०८३
Thursday, July 30, 2026
Home Featured News वर्षासँगैको पहिरोले देशभर ११ जनाको मत्यु, निरन्तरको बर्षा कहिलेसम्म ?

वर्षासँगैको पहिरोले देशभर ११ जनाको मत्यु, निरन्तरको बर्षा कहिलेसम्म ?

by sambridhaonline

असोज-१२,पोखरा- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। काभ्रेमा तीन, सिन्धुपाल्चोक, धनकुटा र पाँचथरमा २-२ र ललितपुर र झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

अहिले देशभर नै लगातार वर्षा भइरहेको छ। वर्षा नरोकिँदा पहिरो र बाढीको जोखिम कायमै रहेको छ। दिनभर जसो वर्षा जारी रहने अनुमान छ।

सुदूरपश्चिम र कणाली प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अन्य पाँच प्रदेशमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले जानकारी दिइन्। उनका अनुसार लुम्बिनी प्रदेशका केही स्थानको मौसम भने दिउँसो खुल्ने सम्भावना छ ।

देशभरका अधिकांश भूभागमा बिहीबार रातिदेखि नै निरन्तर पानी परिरहेको छ। लगातारको वर्षाका कारण सबैजसो नदी खोलामा बाढी आएको छ । काठमाडौं उपत्यका लगायतका तराईका भूभाग जलमग्न भएका छन्। लगातार परेको पानीले हिँडडुल गर्न पनि समस्या भएको छ। गएराति चितवनमा सबैभन्दा धेरै २०४ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौंका अधिकांश नदी र खोलाहरुको जलसतह खतराको सतहमा छ।

काठमाडौंमा शनिबार अपराह्न ५ बजेदेखि मौसममा क्रमिक सुधार हुने र आइतबार मध्याह्नदेखि भने देशभरको मौसममा क्रमिक सुधार हुने मौसमविद्ले बताएका छन्।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline