मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News मिनरल वाटरको बढी मूल्य लिने रेष्टुरेन्टलाई २ लाख जरीवाना

मिनरल वाटरको बढी मूल्य लिने रेष्टुरेन्टलाई २ लाख जरीवाना

by sambridhaonline

असोज २३, पोखरा – कम्पनीले तोकेको भन्दा बढी मूल्य लिएको उजुरीपछि कास्की जिल्ला प्रशासन कार्यालयले पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बार (पान नं. ३०४०२६२३०) लाई मंगलबार २ लाख रुपैयाँ जरीवाना गरेको छ ।

कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (८) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजीम उक्त जरीवाना गरिएको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार उक्त रेष्टुरेन्टले एक बोतल प्रशोधित (मिनरल) पानीलाई एक सय रुपैयाँमा बिक्री गरेको प्रशासनलाई बिलसहित उजुरी परेको थियो । उजुरीपछि छानविन गर्दा बढी मूल्य लिएको पाइएपछि कारवाही स्वरुप जरीवाना र कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्यमा सामाग्री बिक्री नगर्न निर्देशनसमेत दिइएको उनले जनाए ।

कास्की प्रशासनले यसअघि पनि पोखराको चिप्लेढुंगाको मारवाडी सेवा भोजनालयलाई मूल्य अनुसार खाजाको प्याकेटमा कम परिमाण रहेको पाइएपछि २ लाख जरीवानासहित कारवाही गरेको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline