बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखराको लज्जास्पद हार, प्लेअप पुग्ने सम्भावना कमजोर

नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखराको लज्जास्पद हार, प्लेअप पुग्ने सम्भावना कमजोर

by sambridhaonline

मंसिर २५,पोखरा – नेपाल प्रिमियर लिग (एनपीएल) मा निकै महत्वपूर्ण मानिएको खेलमा पोखरा एभेन्जर्सले लज्जास्पद हार बेहोरेको छ ।

आज कर्णाली याक्ससँग पोखरा सात विकेटले पराजित भएको हो । अंक तालिकामा माथि उक्लन पोखराका लागि आजको जित निकै महत्वपूर्ण थियो ।

टस जितेर पहिला ब्याटिङमा उत्रिएको पोखरा जम्मा एक सय तीन रनमै अलआउट हुन पुग्यो । पोखरा १६ दशमलव तीन ओभरमै अलआउट भएको हो ।

कर्णालीका विलियम बोसिस्टोले उत्कृष्ट बलिङ गर्दै एक्लै छ विकेट लिएका थिए । बोसिस्टोले चार ओभरमा २८ रन खर्चेर छ विकेट लिए । कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले समान एक/एक विकेट लिए ।

पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०÷१० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पोखराले दिएको एक सय चार रनको लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।कर्णालीका लागि गुल्सन झाले अविजित रहँदै ४९ रन, चाडविक वाल्टनले ४२ रन योगदान गरे । १४ रनमै २ विकेट गुमाएको कर्णालीका लागि वाल्टन र गुल्सनले ६० रनको साझेदारी गरेका थिए ।

विलियम बोसिस्टो २ रनमा अविजित रहे । ओपनिङमा आएका बाबर हायत ७ रनमा आउट हुँदा देव खनालले खाता खोल्न सकेनन् । बलिङमा पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले १-१ विकेट लिए ।

यो जितसँगै पाँच खेलमा ती खेल जितेको कर्णाली छ अंक जोडेर चौथो स्थानमै छ । कर्णालीले यस जितपछि प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

सुदूरपश्चिम रोएल्स र चितवन राइनोजको पनि समान छ अंक भए पनि कर्णाली नेट रनरेटमा पछि छ ।

पोखराको भने चार खेलमा यो तेस्रो हार हो । चार खेलबाट पोखराको खातामा दुई अंक मात्र छ । यो हारसँगै पोखराको प्लेअपमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline