आइतवार, चैत्र १, २०८२
Sunday, March 15, 2026
Home Featured News जेष्ठ नागरीक सम्मान कार्यक्रम आईतवार खुर्कोटमा सम्पन्न

जेष्ठ नागरीक सम्मान कार्यक्रम आईतवार खुर्कोटमा सम्पन्न

by sambridhaonline

मंसिर १६,पर्बत – नेपाली कांग्रेस, पर्वत क क्षेत्रीय कार्य समितिको आयोजनामा कुश्मा नगरपालिका, वडा नं. २ खुर्कोटमा आईतावार जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडाभरका एक सय भन्दा वढि जेष्ठ नागरीकलाई सम्मान गरिएको कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले विकास निर्माण देखि हरेक नागरीकको सम्मान गर्ने पाटी नेपाली कांग्रेस भएको वताउनु भयो । उहाँले आँफू ३ पटकसम्म जन निवार्चित शांसदको हैसियतले जिल्लाको हरेक विकास निर्माणमा योगदान गरेको वताउदै अहिले काम भन्दा कुराले जनतालाई भ्रमित वनाएको वताउनु भयो । केही समय अगाडीसम्म नयाँ पाटीहरु उदाए पनि अहिले उनिहरुको वास्तविकता उदाङ्गिएको उहाँको भनाई थियो । कार्यक्रममा विशिष्ट अतितिको आसनवाट वोल्दै केन्द्रिय सदस्य एवम् सय दिने अभियानका केन्द्रिय प्रतिनिधी गोविन्द वहादुर शाहले देशमा प्रजातन्त्र ल्याउने, विकास निर्माणको जग वसाउने, धर्मको रक्षा गर्ने एवम् महिला दलित गरिवको वारेमा सोच्ने पाटी नेपाली कांग्रेस भएको वताउनु भयो ।

कांग्रेसका पनि कमीकमजोरी हुन सक्छन तर नेपालमा सवै भन्दा लामो समय सरकारमा रहेको कारण पनि देशको विकास निर्माणको जस पनि कांग्रेसले पाउनुपर्ने उहाँको भनाई थियो ।

क्षेत्रीय सभापति राजकुमार क्षेत्रीको सभापतित्व, कोषाध्यक्ष चित्रकला भारतीको स्वागत, सुरेन्द्र के.सी. को धन्यवाद एवम् सचिव केशव प्रसाद उपाध्यायको सञ्चालनमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ्ग, पुर्व जिल्ला सभापति खिमप्रसाद भुषाल, जिल्ला सदस्य गणेश वहादुर क्षेत्री, सरस्वती शर्मा जिज्ञासु, वडा वडा अध्यक्ष लालकृष्ण शर्मा, कांग्रेस वडा सभापति तिर्थ सुवेदी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline