बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पत्रकार महासंघ कास्कीको अध्यक्षमा बराल र अधिकारी भिड्दै

पत्रकार महासंघ कास्कीको अध्यक्षमा बराल र अधिकारी भिड्दै

by sambridhaonline

मंसिर २६, पोखरा – यही मंसिर २८ मा नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन एकैसाथ हुदैछ । निर्वाचन अन्तर्गत बुधवार जिल्ला शाखहरुमा उम्मेदवार मनोनयन सम्पन्न भएको छ । यसैक्रममा कास्कीमा पनि केन्द्र र प्रदेशमा जस्तै २ प्यानल चुनावी मैदानमा उत्रिएका छन् । प्रेस युनियन र प्रेस चौतारीको समीकरण अनुसार कास्की शाखाको अध्यक्ष पदमा चौतारीका माधव बराल र प्रेस सेन्टरसहित विभिन्न संगठनबाट सेन्टरका राजेन्द्र अधिकारी उम्मेदवार बनेका छन । बराल यसअघि कास्की पत्रकार महासंघका सचिव र अधिकारी पूर्व उपाध्यक्ष हुन् ।

यसैगरी उपाध्यक्षतर्फ भने ३ जनाको उम्मेदवारी परेको छ । युनियन चौतारी समुहबाट माधवप्रसाद रेग्मी, सेन्टरसहितको समुहबाट श्रीराम सिग्देल र बागी उम्मेदवारका रुपमा युनियनका कमल पौडेल अथकले उम्मेदवारी दिएका छन । यस्तै महिला उपाध्यक्षमा चौतारीकी कंचन थापा र सेन्टरकी बिनाकुमारी थापा (बिनु) को उम्मेदवारी परेको छ भने सचिवमा युनियनका भूपाल गुरुङ र सेन्टरका सन्देश श्रेष्ठले उम्मेदवारी दिएका छन् । समावेशी सहसचिवमा दिलप्रसाद गुरुङ र धनबहादुर गुरुङ (सुमन), सहसचिवमा मधु अधिकारी र श्रीभद्र पौडेल, कोषाध्यक्षमा युवराज गुरुङ (युनिश), राजाराम पौडेल र सुरेश अधिकारीको उम्मेदवारी परेको छ ।

यसैगरी ८ खुला सदस्यका लागि अर्जुन (सुशान्त) गाहा, गौरव त्रिपाठी, चिरन्जीवि पौडेल (उत्तम), तुलसीराम सुवेदी, दीपक श्रेष्ठ, निराजन अधिकारी, पुष्पराज दाहाल, बालकुमारी पौडेल (तारा), बिष्णु गौतम, राजु गिरी, रिखिराम जिसी, सन्तोष सुवेदी, सन्दीप पौडेलले उम्मेदवारी दिएका छन् । कविता घर्तिमगर र देवीका तामाङले महिला सदस्यको उम्मेदवारी दिएका छन भने दलित सदस्यमा सन्तोष परियार र सुरेश सुनारको उम्मेदवार छन । आदिवासी जनजाति सदस्यमा भने पुनम थापामगर र अन्य समावेशी सदस्यमा सूर्यबहादुर परियारको मात्रै उम्मेदवारी परेको छ । केन्द्रीय परिषद् सदस्यमा ११ र प्रदेश परिषद् सदस्यमा १७ जनाको उम्मेदवारी परेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline