बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News रविमाथि तीन मुद्दा लगाउन सिफारिस, प्रहरीले बुझायो प्रतिवेदन

रविमाथि तीन मुद्दा लगाउन सिफारिस, प्रहरीले बुझायो प्रतिवेदन

by sambridhaonline

पौष १, पोखरा – प्रहरीले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन तयार गरेर सरकारी वकिललाई बुझाएको छ। सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्त शर्माले जानकारी दिनुभयो ।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको उनले बताए। लामिछाने कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।

पक्राउ परेको दुई महिनामा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेर सरकारी वकिललाई बुझाएको हो। यसबीचमा उनलाई रुपन्देही, काठमाडौँ, पर्सा, चितवन लगेर बयान लिइएको थियो।

अब सरकारी वकिल कार्यालयले सजायको माग दाबीसहित अदालतमा मुद्दा दर्ता गर्नेछ। मुद्दा दायरपछि थुनछेक बहस हुनेछ। जसले लामिछाने सहितका आरोपीलाई थुनाबाहिर राख्ने या कारागार पठाउने भन्ने टुंगो लाग्ने छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा सहकारीका सञ्चालक एवं गोर्खा मिडिया ग्रुपका कुमार रम्तेलसहित ६ जनालाई पहिले नै पक्राउ गरिएकोमा अहिले पुर्पक्षका लागि हिरासतमा छन्।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा ६० जना आरोपी छन् जसमध्ये ५१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline