बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News संखुवासभामा भूकम्पबाट एक घरमा क्षति

संखुवासभामा भूकम्पबाट एक घरमा क्षति

by sambridhaonline

पौष २३, पोखरा: चीनको तिब्बत केन्द्रविन्दु बनाएर आज बिहान गएको भूकम्पले सङ्खुवासभाको भोटखोला गाउँपालिका –१ किमाथाङ्कामा एक भत्किएको छ।

आज बिहान चीनको तिब्बत केन्द्रविन्दु बनाएर आएको भूकम्पबाट भोटखोला –१ किमाथाङ्कामा तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए। भूकम्पबाट जिल्लामा मानवीय क्षति भने नभएको उनको भनाइ छ।

भूकम्पले शेर्पाको दुई तले ढुङ्गा टिनको छानो भएको घर चिरा परेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए। शेर्पाको घरमा ७ जनाको परिवार बस्दै आएका थिए। भूकम्पबाट अहिलेसम्म मानवीय क्षतिको सूचना नआएको र विवरण सङ्कलनका लागि स्थानीय तह,नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको प्रजिअ खड्काले बताए।

चीन प्रान्तको दिंगे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा सदरमुकाम खाँदबारी आसपास ठुलो धक्का महसुस गरिएको थियो। भूकम्पबाट किमाथाङ्का नाकापारी सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको भोटखोलाका स्थानीयले बताएका छन्।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline