मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News नेपाली कांग्रेसको १०० दिने अभियान अन्तर्गत पर्वतको क्याङ्गमा विशेष कार्यक्रम सम्पन्न

नेपाली कांग्रेसको १०० दिने अभियान अन्तर्गत पर्वतको क्याङ्गमा विशेष कार्यक्रम सम्पन्न

अभियानसंगै नेपाली कांग्रेस समृध हुने प्रमुख अतिथि विश्व प्रकाश प्रसाईको भनार्ई

by sambridhaonline

पौष २२,पोखरा- नेपाली कांग्रेसको १०० दिने अभियान अन्र्तगत सोमवार पर्वतको मोदी गाँउपालिका, वडा नं. ४ क्याङ्ग हल्जुरेमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा अन्र्तगतका गुईजरी, क्याङ्ग, लेस्पार र हलहले गरी चार कलष्टरका झण्डै सय जनाको प्रतिनिधीमुलक सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै नेपाली कांंग्रेस पर्वतका नेता एवम् निवर्तमान पाटी सचिव विश्व प्रकाश प्रसाईले स्थानीय समुदायसम्म पुगेर जनताको पिरमर्का वुझ्नुको साथै स्थानीय तहमा व्यापक छलफल गरी पाटीमा विद्यमान कमीकमजोरी सुधार गर्दै पाटीलाई थप मजवुद वनाउने उद्देश्यले सय दिने अभियान सञ्चालन गरिएको वताउनु भयो । उहाँले देशभर सञ्चालित यस अभियानले पाटीको संगठन सुधारको साथै जनतासंगको भावनात्मक सम्वन्ध सुधार हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले नेपाली कांग्रेस ऐतिहासिक पाटी भएर पनि समुदाय तहसम्म प्रशिक्षण नपुगेको भन्दै यस अभियानले स्थानीय नेता तथा कार्यकर्तामा सचेतना वृद्धि गराउने वताृउनु भयो । प्रमुख अतिथि प्रसाईले वडा तहमा पाटी वलियो नभएसम्म राष्ट्रिय रुपमा वलियो हुन नसक्ने भन्दै पाटी वलियो वनाउन सवै क्रियाशिल सदस्यको अहम् भुमिका रहने उहाँको भनाई थियो ।

कार्यक्रममा पुर्व क्याङ्ग गाविसका उपाध्यक्ष एवम् गण्डकी प्रदेशका सदस्य कुल वहादुर पुनले नेताको वोली र व्यवहारमा एक रुपता हुनुपर्ने वताउनु भयो । उहाँले सय दिने अभियानको क्रममा पाटीले जनताको घरदैलोमा पुगी दिएको आश्वासन पुरा हुनुपर्नेमा जोड दिनु भयो । यसै गरी कार्यक्रममा जिल्ला सदस्य लक्ष्मी कुमारी मेधासीले नेपाली कांग्रेसको इतिहास र वर्तमान जनमुखी भएको भन्दै थप सुदृद्धीकरणको लागि अभियान प्रभावकारी हुने वताउनु भयो । यसै गरी नेपाली कांग्रेसका जिल्ला सदस्य सावित्री खत्री क्षेत्रीले नेपाली कांग्रेसले देश विकासका हरेक्षेत्रमा ठुलो योगदान गरेको तर जनतालाई महशुस गराउन नसकेको भन्दै सय दिने अभियानले कांंग्रेसप्रतिको जन भरोषा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रमका लागि जिल्ला प्रतिनिधी एवम् नेपाल प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारीले कार्यविवरणको प्रस्तुतीसंगै अभियानको वारेमा वुँदागत छलपल तथा निर्णयको लागि सहजीकरण गर्नु भएको थियो । भेलाले पाटी सभापति भिम वहादुर चोचाङ्गीको संयोजकत्वमा पाटी तथा स्थानीय वडा समन्वय संयन्त्र गठन गरेको छ । संयन्त्रमा वडा सचिव अम्वर वहादुर पुन, कोषाध्यक्ष मन वहादुर पुन, वडा अध्यक्ष मोहनसिंह चोचाङ्गी, वडा सदस्य डिल कुमारी पुन र पदम वहादुर पुन चयन गरेको छ भने सामाजिक क्षेत्रवाट महेन्द्र पुन र ओम प्रसाद सेरपुजालाई चयन गरेको छ । यसको साथै वार्षिक योजना निर्माण, वडा सम्मेलनको मिति तय, भातृ संस्था, सुभेच्छुक संस्थाको पुर्नगठन, वैंक खाता सञ्चालन, टोल तहमा जेष्ठ नागरीक सम्मान निर्णय तथा योजनाहरु तर्जुमा भएका छन् ।
नेपाली कांग्रेस मोदी गाँउपालका वडा नं. ४ का वडा सभापति भिम वहादुर चोचाङ्गीको सभापतित्व, सचिव अम्वर वहादुर पुनको स्वागत एवम् भिम वहादुर पुर्जाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको रेडियो समृद्धका सहकर्मी खिममायाँ पाईजा गिरी र मितेस हमालले पर्वतको क्याङ्गवाट प्रेषित गर्नु भएको समाचारमा जनाइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline