बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News जिल्ला अदालत कास्कीको आदेशविरुद्ध रवि लामिछानेद्वारा उच्च अदालत पोखरामा पुनरावेदन

जिल्ला अदालत कास्कीको आदेशविरुद्ध रवि लामिछानेद्वारा उच्च अदालत पोखरामा पुनरावेदन

by sambridhaonline

माघ १४,पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गर्नुभएको छ ।

हिजो जिल्ला अदालत रुपन्देहीबाट धरौटीमा छाड्ने आदेश भएपछि लामिछाने आज उच्च अदालत पोखरा पुग्नुभएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गएकाे पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रविलाई छाड्न आदेश दिएको थियो ।

धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पनि उच्च अदालत पोखरामा निवेदन दर्ता गराएको छ ।

उच्च अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुको कारण पेश गर्न आदेश गरेको थियो । माघ ८ गते न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले १५ दिनभित्र कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline