बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News नियन्त्रित लागूऔषधसहित स्याङ्जाबाट एकजना पक्राउ

नियन्त्रित लागूऔषधसहित स्याङ्जाबाट एकजना पक्राउ

by sambridhaonline

माघ १५,पोखरा – नियन्त्रित लागूऔषधसहित स्याङ्जाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका – १३ देवकोटाचोकका १९ वर्षीय अंगत सेन्चुरी रहेका छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका – १ बसपार्कमा सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा सेन्चुरीको साथबाट नाइट्राभेट – १० नामक नियन्त्रित लागूऔषध २० पत्ता फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

सोमबार राती ९ बजे बुटवलबाट पोखरा जाँदै गरेको हाइसमा सवार सेन्चुरीसङ्ग लागूऔषध बरामद भएकाले उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको डिएसपी पौडेलले बताए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline