बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News काँग्रेसका जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा प्रशिक्षण

काँग्रेसका जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा प्रशिक्षण

by sambridhaonline

माघ १६, पोखरा – नेपाली काँग्रेसका जिल्ला सभापति र उपसभापतिहरुका लागि पोखरामा प्रशिक्षण कार्यक्रम गरिने भएको छ । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली काँग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते कार्यक्रम हुन लागेको हो ।

प्रशिक्षणमा ७७ वटै जिल्लाका सभापति र जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका उपसभापतिहरु सहभागि रहने नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रभक्ता नवीन सिग्देलले जानकारी दिनुभयो। प्रशिक्षणको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुको उपस्थिति रहने छ ।

कार्यक्रमको व्यवस्थापनलाई विशेष प्राथमिकता दिएर कास्की काँग्रेसले काम गरिरहेको जिल्ला सभापति किशोरदत्त बरालको भनाई छ । ‘यस्तो महत्वपूर्ण कार्यक्रम पोखरामा हुनु हाम्रा लागि गौरवको विषय हो,’ सभापति बरालले भने, ‘यो कार्यक्रमले देशको ध्यान पोखरामा तान्नेछ ।’ सभापति बरालका अनुसार, कार्यक्रमलाई लक्षित गर्दै विभिन्न उपसमितिहरु गठन गरी काम भैरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline