बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News आहारारा पोखरा गोल्डकपमा संकटामाथि थन्डरबोल्टको रोमाञ्चक जित

आहारारा पोखरा गोल्डकपमा संकटामाथि थन्डरबोल्टको रोमाञ्चक जित

by sambridhaonline

माघ २५,पोखरा – पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा ३ पटकको विजेता संकटा क्लबलाई पराजित गर्दै आमन्त्रित टिम थन्डरबोल्टस् क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा सिक्किमको थन्डरबोल्ट्स युनाइटेडले संकटालाई ३-१ ले स्तब्ध पारेको हो ।

खेलको अग्रता भने संकटाले लिएको थियो । तर अग्रतालाई कायम गर्न संकटा पहिलो खेलबाटै फर्किनुपरेको छ । खेलको १७औं मिनेटमा संकटाका मनिष पौडेलले टिमलाई अग्रता दिलाएका थिए । उनले विपक्षीको डि बक्स भित्रबाट गोल गरेका हुन् । उनले पासाङ लामाको पास सदुपयोग गर्दै उत्कृष्ट फिनिस गरे ।

तर संकटाको खुसी लामो समय टिकेन ।

खेलको ३४औं मिनेटमा थण्डरबोल्टले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । थन्डरले पाएको पेनाल्टी मौका टिमका टालाले पेनाल्टीमा सहजै गोलमा परिणत गरे । संकटाका किपर दिपले कुनै अवसर पाएनन् ।

सोही रफ्तारलाई कायम राख्दै पहिलो पटक आहारारा पोखरा गोल्डकपमा खेल्न आएको थन्डरले खेलको ७६औं मिनेटसम्म खेल बराबरीमै राख्यो । ७७औं मिनेटमा थन्डरका करन राईले व्यक्तिगत एक गोल गर्दै खेललाई २-१ को सहज स्थितिमा ल्याए । उनले आन्द्रेको क्रशमा बक्सबाट गोल गरेका हुन् । संकटाका डिफेण्डर र किपर दिप कार्कीले बल रोक्ने कुनै अवसर पाएनन् ।

दोस्रो गोलपछि सहज स्थितिमा फर्किएको थन्डर त्यसपछि भने आत्मविश्वासी देखियो । थन्डरका आदर्श तामाङले खेलको ८४औं मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरे । उनले मैदानको सेन्टरभागबाट गोल गर्दै थ०्डरबोल्टलाई ३-१ को अग्रता दिलाएसँगै सिक्किमको टोली जित नजिक पुगेको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline