बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News चर्च ब्वाइज पोखरा गोल्डकपको क्वाटरफाइनलमा

चर्च ब्वाइज पोखरा गोल्डकपको क्वाटरफाइनलमा

by sambridhaonline

माघ २४,पोखरा – न्युरोड टिम (एनआरटी) क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज भएको तेस्रो प्रि–क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा ६–५ गोलले हरायो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेलमा ३० मिनेट थप भएको थियो । थप समयमा पनि गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको हो । अब चर्च ब्वाइजले क्वाटरफाइनलमा माघ २८ गते त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

प्रतियोगितामा ३ वटा विदेशीसहित १० वटा टोली रहेका छन् । २४औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline