माघ २८,पोखरा – तनहुँमा प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा ४ जना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक प्रहरीले जनाएको छ ।
उनीहरुले तनहुँ व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट गरेको आरोप छ ।
प्रहरीका अनुसार शनिबार राति २ बजे मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि उनीहरुले हातपात गरेका थिए ।
उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।