शनिबार, बैशाख २६, २०८३
Saturday, May 9, 2026
Home Featured News स्याङ्गजा को चापाकोटमा वृद्ध पुरुषको शव फेला

स्याङ्गजा को चापाकोटमा वृद्ध पुरुषको शव फेला

by sambridhaonline

माघ २८,पोखरा – स्याङ्जाको चापाकोट नगरपालिका – ८ ज्याग्दीघाट नजिकै सोमबार बिहान वृद्ध पुरुषको शव फेला परेको छ । ज्याग्दीघाट कालिगण्डकी नदिको किनारमा घोप्टो अवस्थामा शव भेटिएको हो ।

एक हप्ता अघिदेखि घरबाट हिँडेका वृद्ध पुरुषको शव सोमबार बिहान भेटिएको हो । पाल्पा रम्भा गाउँपालिका वडा नं. – १ हुँगीका ८७ वर्षीय देविलाल भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

प्रनाउ पौडेलका अनुसार प्रहरी अधिकृतसहितको टोलि घटनास्थलमा पुगेर मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि चापाकोट अस्पतालमा लगिएको छ । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline