सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News गण्डकी प्रदेशका केही ठाउँमा वर्षा, पोखरा उपत्यकासहित धेरै ठाउँको मौसम बदली,छिटफुट बर्षा

गण्डकी प्रदेशका केही ठाउँमा वर्षा, पोखरा उपत्यकासहित धेरै ठाउँको मौसम बदली,छिटफुट बर्षा

by sambridhaonline

फाल्गुन ०८,पोखरा – आज गण्डकी प्रदेशको एक/दुई ठाउँमा सामान्य पानी परेको छ । स्याङ्जाको स्याङ्जा स्टेशनमा पछिल्लो १२ घण्टामा ७ मिलिमिटर वर्षा भएको छ । यस्तै म्याग्दीको मुना स्टेशनमा १२ घण्टामा ३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

गण्डकी प्रदेशका प्रायः सबै जिल्लाका केही ठाउँमा छिटपुटदेखि सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच काठमाण्डौ उपत्यकासहित बागमती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भएको छ । यी प्रदेशका केही ठाउँमा आज राति फाटफुट पानी पर्ने सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले बताउनुभयो ।

विशेषगरी पश्चिम क्षेत्रका कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा पानी पर्ने पूर्वानुमान छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुनेछ । मधेशमा मौसम आंशिक बदली भए पनि वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् दाहालका अनुसार भोलि दिउँसोपछि मौसममा क्रमिक सुधार हुँदै जानेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline