सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News नेष्डो नेपालको ३०औं वार्षिक साधारण सभा, २०८१ वुधवार कुश्मा वजारमा सम्पन्न

नेष्डो नेपालको ३०औं वार्षिक साधारण सभा, २०८१ वुधवार कुश्मा वजारमा सम्पन्न

साधारण सभामा विभिन्न क्षेत्रका एक दर्जन सामाजिक संघसंस्था तथा व्यक्तित्वलाई संस्थागत सम्मान

by sambridhaonline

फाल्गुन ०८,पोखरा – राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ३०औं वार्षिक साधारण सभा एवम् ७५औं प्रजातन्त्र दिवस विशेष कार्यक्रम फाल्गुण ७ गते वुधवारको दिन पर्वत कुश्मामा सम्पन्न भएको छ । गरिवीमुक्त समृद्ध नेपालको स्थापना गर्ने परिकल्पना राखी आज भन्दा ३१ वर्ष पहिले सामाजिक अभियन्ता विश्व प्रकाश प्रसाईको पहलमा नेष्डो नेपालको स्थापना भएको थियोे । स्थापनाकाल देखि संस्थाले चेतना, संगठन, आयआर्जन, शिक्षा, स्वास्थ्य, पुर्वाधारको क्षेत्रमा झण्डै दश लाख नेपाली जनतालाई सेवा प्रवाह गरिसकेको छ ।

७५प्रजातन्त्र दिवसको दिनमा साधारण सभा पर्न गएकोले सभाको शुभारम्भमा राणा शासनको अन्त्यको लागि प्राण आहुती गर्नु भएका ४ सहिद, राणा विरुद्ध २००७ सालको आन्दोलनको नेतृत्व गर्नुहुने महामानव विश्व प्रसाद कोईराला र प्रजातन्त्र प्राप्तिको लागि गद्दी त्याग गर्न तयार हुने तत्कालिन राजा त्रिभुवनको फोटोमा माल्र्यपण गर्नुको साथै एक मिनेट मौन प्राथना गरिएको थियो ।

साधारण सभाले सञ्चालक समितिको तर्फवाट महासचिव प्रेम प्रसाद पौडेलले प्रस्तुत गर्नु भएको संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतीले पारित गरेको छ । यसै गरी साधारण सभाले एच.आचार्य एण्ड एशोसियट्सवाट पेश भएको आर्थिक वर्ष २०८०÷८१ को लेखा परीक्षण प्रतिवेदनलाई अनुमोदन गरेको छ भने चालु आर्थिक वर्ष २०८१÷८२ को लेखा परीक्षण गर्नको लागि एस.आचार्य एण्ड एशोसिएट्सलाई लेखा परीक्षक नियुक्ती गरी १ लाख ७५ हजार पारीश्रमिक तोकको छ ।

कार्यक्रममा विभिन्न संघसंस्था र व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । ७५औं प्रजातन्त्र दिवसको अवसरमा जीवनभर प्रजातन्त्र प्राप्ती, प्राप्त प्रजातन्त्रको रक्षा र जनताको सेवामा समर्पित सामाजिक राजनीतिक व्यक्तित्व नवराज गुरुङ्ग र साहित्यकार सुन्दर प्रसाद जोशीलाई संस्थाको तर्फवाट सम्मान गरिएको थियो । साधारण सभाको अवसरमा जिल्लामा क्रियाशिल संघसंस्था मध्ये राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखालाई सम्मान गरिएको थियो भने प्रभावकारी नेतृत्वको रुपमा कुश्मा नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठलाई सम्मान गरिएको छ । उत्कृष्ठ सञ्चालकको रुपमा संस्थाका महासचिव प्रेम प्रसाद पौडेल सम्मानित हुनु भएको छ भने संस्थाका पुर्व अध्यक्ष लक्ष्मी कुमारी मेधासी र कोषाध्यक्ष सावित्री खत्री क्षेत्री लामछिाने खानेपानी तथा सरसफाई उपभोक्ता महासघ नेपालको केन्द्रिय सदस्य निर्वाचित हुनु भएकोमा संस्थागत सम्मान गरिएको छ । नेष्डो परिवारका सदस्य लक्ष्मी प्रसाद सापकोटा नेपाल पत्रकार महासंघ पर्वत शाखाको गरिमामय अध्यक्ष निर्वाचित हुनु भएकोमा सम्मान गरिएको छ भने संस्थाका शुभचिन्तक दिपेश वि.पौडेललाई प्रेस चौतरी नेपाल पर्वतको अध्यक्ष निर्वाचित हुनु भएकोमा सम्मान गरिएको छ । संस्थाले हरेक वर्ष झैं यस पनि ३०औं साधारण सभाको अवसरमा आफ्ना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने जेष्ठ सदस्यहरुमा ८२ वर्षिय टेक वहादुर लामिछाने, ७५ वर्षिय याम वहादुर खत्री र कमल लामिछाने रहनु भएको छ ।

कार्यक्रममा जिल्लाका तीन सामाजिक संस्थालाई रु १५ हजार रुपैयाको दरले सहयोग प्रदान गरिएको छ । सहयोग पाउने संस्थाहरुमा राधाचन्द्र स्मृति प्रतिष्ठान पर्वत, राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठान नेपाल पर्वत शाखा र इनरह्वील क्लव अफ पर्वत रहका छन् ।

कार्यक्रममा वोल्दै संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईले संस्थाले वितेका तीन दशकमा देशका डेढ दर्जन जिल्लाका हजारौं परिवारलाई आर्थिक, सामाजिक एवम् भौतिक विकासको क्षेत्रमा सेवा गर्दै आएको वताउदै वर्तमानमा दिनदुखीको प्रत्यक्ष सेवामा समर्पित रहेको वताउनु भयो । सामाजिक क्षेत्रमा नेष्डो नेपालको परिचय सर्वव्यापी रहेको भन्दै संस्थापक अध्यक्ष प्रसाईले वर्तमानमा जस्तै भविस्यसम्म संस्थाको प्रतिष्ठा र क्रियाशिलता कसरी वचाउने भन्ने चुनौती सवै संघसंस्थामा जस्तै नेष्डो नेपालमा पनि रहेको वताउनु भयो । राज्यको दृष्टी नपरेको वर्ग, समुदाय र जनतासम्म सेवा पु¥याउन गैर सरकारी संघसंस्थाको भुमिका रहने भन्दै डा प्रसाईले वर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशले गैर सरकारी संघसंस्थाको सेवालाई थप संकुचन गराएको वताउनु भयो ।

कार्यक्रममा वोल्दै राधाचन्द्र स्मृती प्रतिष्ठानका प्रमुख संरक्षक, सामाजिक राजनीति व्यक्तित्व नवराज गुरुङ्गले आँफूले २०३२ साल देखि अनवरत प्रजातन्त्र प्राप्ती र लोकतन्त्र रक्षाको लागि समर्पित रहेको वताउदै आज ७५औं प्रजातन्त्र दिवसको अवसरमा नेष्डो नोपलले आफ्नो योगदानको मुल्यांकन र सम्मान गरेकोमा खुशी व्यक्ति गर्नु भयो । उहाँले २०४६ सालमा प्रजातन्त्र पुर्नप्राप्तीसंगै गुणस्तरीय शिक्षामा सर्वसाधारण परिवारको वालवालिकाको पँहुचको लागि शहिद स्मारक आवसीय विद्यालय सञ्चालन गरेको, वन्चितीमा परेका जनताको सेवाको लागि नेष्डो नेपाल जस्ता संस्थालाई प्रवद्र्धन गरेको वताउनु भयो । गुरुङ्गले कांग्रेस एमाले माओवादी जस्ता पाटीहरुको कमजोरीको कारण आज राजा जुरमुराउन खोजेको भन्दै ठूला पाटी नसुध्रिए नेपालमा पनि वंगलादेशको जस्तो अवस्था आउन सक्नेमा सवैलाई सचेत रहन आह्वान गर्नु भयो ।

साधारण सभाको शुभारम्भ समारोहमा लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्री, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालकद्वय दुर्गा वहादुर शाह, रेशम वहादुर खत्री, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि.पौडेल, साहित्यकार सुन्दर कुमार जोशी, पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारी, प्रेस चौतारी पर्वतका अध्यक्ष दिपेश वि.पौडेल, हिमालय सिद्ध महायोग केन्द्र पर्वतका अध्यक्ष राम प्रसाद पराजुली लगायतले नेष्डो नेपाल र यसका संस्थापक विश्व प्रकाश प्रसाईले समाज विकासमा पु¥याउनु भएको योगदानको खुलेर प्रशंसा गर्नु भएको थियो ।

संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले दिप प्रज्वलन गरी शुभारम्भ गर्नु भएको नेष्डो नेपालको ३०औं वार्षिक साधारण सभा एवम् ७५औं प्रजातन्त्र दिसव समारोहको अध्यक्षता संस्थाका अध्यक्ष रत्न प्रसाद अधिकारीले, स्वागत श्रद्धेय सदस्य एवम् पुर्व महासचिव मातृका प्रसाद तिमिल्सिनाले र सञ्चालन संस्थाका आजीवन सदस्य सुस्मा प्रसाईले गर्नु भएको रेडियो समृद्धका पर्वत सहकर्मी खिममायाँ पाईजा गिरीले जानकारी दिनु भएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline