बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News आगलागीमा परी एक महिनामा २२ जनाको ज्यान गयो,गण्डकीमा ३९ आगलागीका घटना

आगलागीमा परी एक महिनामा २२ जनाको ज्यान गयो,गण्डकीमा ३९ आगलागीका घटना

by sambridhaonline

फाल्गुन ०९,पोखरा – माघ महिनामा आगलागीमा परी २२ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघमा देशभर ४ सय ७८ वटा आगलागीका घटना हुँदा २२ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ११ पुरुष, १० महिला र एक बालक रहेका छन् ।

माघमा आगलागीमा परी २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएका छन् । आगलागीमा परी दुई सय ४७ चौपाया मरेका प्रहरीले जनाएको छ ।

माघ महिनामा प्रदेशगत रूपमा सबैभन्दा धेरै कोशी प्रदेशमा एक सय २९ वटा आगलागीका घटना भएका छन् । यस्तै मधेशमा ८९, बाग्मतीमा ४२, गण्डकीमा ३९, लुम्बिनीमा ६३, कर्णालीमा ३२ र सुदूरपश्चिममा ४७ वटा आगलागीका घटना भएका प्रहरीको तथ्याङ्क छ । यसैगरी काठमाण्डौ उपत्यकामा ३७ वटा आगलागीका घटना भएका छन् । माघमा आगलागीबाट ६८ घर र ६६ गोठमा क्षति पुग्दा १७ जना विस्थापित भएका प्रहरीले जनाएको छ । आगलागीका घटनाबाट एक महिनामा १८ करोड ४८ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ ।

यस वर्ष हिउँद सुक्खा हुँदा आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । सुक्खा मौसममा डढेलो लाग्ने र फैलने जोखिम उच्च हुन्छ । यसले वनमा मात्र क्षति नगरी बस्तीमा पसेर आगलागी निम्त्याउँछ । नेपालमा मनसुन भित्रिने बेला अर्थात् जेठ अन्तिमसम्म नै यस्ता घटना हुँदै आएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलो विज्ञ सुन्दरप्रसाद शर्माका अनुसार लामो समय पानी नपर्दा सुक्खा हुने र असावधानीका कारण डढेलो र आगलागीका घटना धेरै हुने गरेको पाइएको छ ।

पछिल्ला वर्ष जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटना बढिरहेकोतर्फ सम्बन्धित निकायले ध्यान दिएर विद्यमान कानूनलाई परिमार्जनसहित समयानुकूल बनाउनुपर्ने उहाँको सुझाव छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline