बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरा भ्रमण वर्ष २०२५ : पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा

पोखरा भ्रमण वर्ष २०२५ : पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा

by sambridhaonline

फाल्गुन ०९,पोखरा – पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा पड्किएको बेलुन बेच्ने कमलेश कुमार हाजिरी जमानीमा छुटेका छन् ।

उनलाई छाड्न जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार आदेश दिएको थियो ।

आइतबार प्रहरीले नियन्त्रणमा लिई उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी हिरासतमा राखेको थियो । उनलाई हाजिरी जमानीमा छाडिएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्त शर्माले बताए ।

पोखरा भ्रमण वर्षको कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुनको झुप्पा पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जलेर घाइते भएका थिए ।

मेयर आचार्यको गालाको धेरै भाग र देब्रे हातमा गहिरो जलन भएको थियो भने मन्त्री पौडेलको दुवै हात र अनुहारमा जलन भएको थियो । उनीहरूलाई पोखरामै प्रारम्भिक उपचार गरेर सोही दिन हेलिकोप्टरबाट काठमाडौंस्थित कीर्तिपुर अस्पताल लगिएको थियो । दुवै डिस्चार्ज भइसकेका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline