बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News आज र भोलि देशका धेरै ठाउँको मौसम सफा, पर्सिदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना

आज र भोलि देशका धेरै ठाउँको मौसम सफा, पर्सिदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना

by sambridhaonline

फाल्गुन १३,पोखरा – आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । तराईका थोरै ठाउँहरूमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक मात्र प्रभाव रहेकोले आज र भोलि देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशमा भने हल्का हिमपातको सम्भावना छ । भोलि बेलुका पनि कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तर पर्सि बिहीवारदेखि भने पश्चिमी वायु सक्रिय भएर बिहानैदेखि नेपालमा वर्षा गराउने प्रणाली विकास हुने मौसमविद् विनोद पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार यो प्रणालीले पर्सि बिहीवार र शुक्रवार काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । हिउँदको अन्त्यमा विकसित हुन लागेको प्रणालीले पश्चिम नेपालमा भने राम्रो वर्षा गराउने सम्भावना बढेको छ ।

मङ्सिर १६ देखि फागुन १६ सम्मको हिउँदे अवधिमा सरदर ६० मिलिमिटर वर्षा हुने गरेको छ । तर यसपटक औसतभन्दा कम पानी परेको छ ।

हिउँद याम सकिन ३ दिन मात्र बाँकी रहँदा अहिलेसम्म ९ दशमलव ५ मिलिमिटर मात्रै वर्षा भएको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभयो । हिउँद सुक्खा हुँदो डढेलोसँगै वायु प्रदुषण बढ्नुका साथै कृषि क्षेत्रमा असर परेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline