बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News नवलपरासीको बेलासपुरमा दुई पक्षबीच झडप हुँदा १९ जना घाइते

नवलपरासीको बेलासपुरमा दुई पक्षबीच झडप हुँदा १९ जना घाइते

by sambridhaonline

फाल्गुन १३,पोखरा- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा आज दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् ।

युवायुवतीबीच प्रेम विवाहको विषयलाई लिएर झडपको अवस्था बनेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय महेशपुरको बा १ झ ७४४८ नम्बरको गाडीमा आगजनीसमेत भएको छ । नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चार जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

झडपमा घाइते भएका पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण थापाले बताउनुभयो । धवलको भैरहवामा रहेको सिटी अस्पतालमा उपचार भइरहेको छ ।

अवस्थालाई नियन्त्रणमा लिन पाँच राउन्ड अश्रुग्यास र तीन राउन्ड हवाई फायर गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । हिजो बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको र त्यही विषयलाई लिएर आज बिहान तनावको अवस्था बनेको थियो । अवस्थालाई सामान्य बनाउन रुपन्देहीबाट समेत थप प्रहरी खटिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रन्जितसिंह राठौरले बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा नवलपरासीको घटना अनि पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर पटक पटक झडप हुँदै आएकोतर्फ सांसद अमरेशकुमार सिंहले भीड देख्नेबित्तिकै गोली चलाउने प्रवृत्ति रोकिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline